संसदमा महन्थले भने : हामी रेसम चौधरीलाई यहाँ देख्न चाहन्थ्यौँ
प्रतिनिधिसभामा बोल्दै नेता ठाकुरले आफूहरू विश्वासको प्रस्तावको पक्षमा पनि नरहेको र अविश्वासको पक्षमा पनि नरहेको बताए।
‘राजनीतिक दृष्टिमा लोकतन्त्र आइसकेपछि पनि हामी पीडित अवस्थामा छौँ। हाम्रा साथीहरू जेलमा छन्। हाम्रा सांसदहरू जेलमा छन् रेसम चौधरीलाई हामी त यहाँ हेर्न चाहन्थ्यौँ तर,उहाँ त जेलमा हुनुहुन्छ।’ ठाकुरले भने। उनले आफूहरू तटस्थ बस्ने बताए।
उनले संविधान संशोधनको माग नसुनिएको बताए। ‘हाम्रो पीडालाई सुन्नुहुन्छ तर, उपचार चाही गर्नुहुन्न’ उनले भने। उनले अहिले पनि विभेद, भेदभावबाट पीडित रहेको बताए।
उनले आफ्ना मागहरू सुनेर केही मुद्दा फिर्ता लिने निर्णय गरेकोमा प्रधानमन्त्री ओलीलाई धन्यवाद दिए। यति छिटै नै सरकार अल्पमतमा पर्नु संविधानको त्रुटि भएको उनको भनाई थियो।
वैशाख २७, २०७८ सोमबार १६:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।