ओलीलाई प्रचण्डको प्रश्न : तपाईँकै कारण ह्वात्तै फैलिएको होइन कोरोना? रथयात्रा अलि पछाडि गरे हुँदैनथ्यो?
प्रतिनिधिसभामा बोल्दै उनले कोभिडको दोस्रो लहर सुरु हुने समयमा ठूलाठूला समारोह, रथयात्रा र हजारौँका जुलुस निकालेर प्रधानमन्त्रीले कोरोना फैलाएको आरोप लगाएका हुन।
‘कोभिडकै कुरा गरौँ दोस्रो लहर सुरु हुन लागिसेकेको थियो। त्यसका सङ्केतहरू देखिसकिएका थिए। तपाँईनै होइन ठूलाठूला समारोह,रथयात्रा हजारौँका जुलुस लिएर हिँड्नुभयो त्यहीँबाट ह्वात्तै फैलिएको होइन कोरोना?,' उनले प्रश्न गरे, ‘तपाई प्रधानमन्त्री जस्तो मान्छेले अनुशासनमा नबसिदिएपछि कोभिड कन्ट्रोल गर्न आत्म अनुशासन पालना नगरिदिएपछि अरूलाई भन्ने नैतिक अधिकार कसलाई हुन्छ?’
उनले आफ्नो निर्वाचन क्षेत्रमा बन्दै गरेको अयोध्यापुरीको विषय निकाल्दै प्रधानमन्त्रीको आलोचना गरेका थिए। ‘रथयात्रा अलि पछाडि गरे हुँदैनथ्यो? म त खुसी नै थिएँ। मेरो निर्वाचन क्षेत्रमा अयोध्यापुरीमा ठुलो धार्मिक पर्यटकीय क्षेत्र बन्ने भयो भनेर,‘उनले भने,‘दोस्रो लहर सुरु हुन लागेको बेला तपाईँलाई हजारौँ मान्छे जम्मा गर्ने गरी यति बेलै गर्नुप¥थ्यो त अलि पछि गरे पनि हुन्थ्यो।
वैशाख २७, २०७८ सोमबार १५:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।