प्रचण्डको शङ्का : विश्वासको मत भनेर मध्यावधिमा जान लागेको त हैन ?

प्रचण्डको शङ्का : विश्वासको मत भनेर मध्यावधिमा जान लागेको त हैन ?

उनले प्रतिनिधि सभाको विशेष अधिवेशनमा बोल्दै संसद् विघटन गर्ने प्रधानमन्त्रीलाई यो संसद्मा विश्वासको मत लिने नैतिक अधिकार समेत नभएको भन्दै विश्वासको मत पाउँदिन भन्ने जानकारी हुँदाहुँदै विश्वासको मत लिने कुरा प्राकृतिक नलागेको बताए।

उनले सरकालाई दिएको विश्वासको मत तत्काल फिर्ता लिएको भए प्रधानमन्त्री ओली पुन मध्यावधिमा जाने जोखिम रहेकाले आफ्नो पार्टीले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिएको भन्दै भने' योबारे त तपाई पनि जानकार हुनुहुन्छ।'

उनले नियमित अधिवेशन बोलाउनुपर्ने बेलामा विशेष अधिवेशन बोलाउनु पनि शङ्कास्पद रहेको बताए। अलोकतान्त्रिक रूपमा जसरी संसद् विघटन भएको थियो कतै त्यसरी नै कुनै षड्यन्त्र त हैन भन्ने मानिसलाई शङ्का रहेको र आफूलाई पनि शङ्का रहेको बताए।

मनमा एउटा, अनुहारमा अर्कै भाव ल्याउन सक्ने क्षमतावान् भन्दै ओलीको आलोचना गर्दै उनले भने' म त अलिकति फकाए फकिने मान्छेलाई पनि यस्तो।'

वैशाख २७, २०७८ सोमबार १५:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।