प्रधानमन्त्री ओलीलाई प्रचण्डले भने : इनफ इज इनफ
काठमाडौँ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाउन सक्दिन भन्दाभन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत मागेको भन्दै ब्यंग्य गर्दै भने'इनफ इज इनफ।'
उनले ओलीलाई पहिल्यै राजीनामा दिन सुझाव दिए पनि नमानेकाले अहिलेको अवस्था आएको भन्दै उनले अझै राजीनामा दिएर नयाँ सरकार गठनको बाटो खुलाउन आग्रह गरेका थिए।
राजनीतिक स्थायित्वका लागि संविधानमा अविश्वास प्रस्ताव लगायतका प्रावधान राखिए पनि अहिलेको अवस्था आएको र अहिले आफ्नो मन खुसी नभएको बताए।
ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव गर्ने अनि बाम गठबन्धनको प्रस्ताव आफैले गरेको भन्दै उनले तीन वर्ष नपुग्दै यो अवस्थामा पुगेको भन्दै उनले प्रधानमन्त्री र सरकारको व्यवहारका कारण संविधान चिथोरिएको र कोरोना लागेर आइसियुमा पुगेको बताए।
वैशाख २७, २०७८ सोमबार १५:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।