संसदमा प्रधानमन्त्रीले भने, ‘मलाई संसद्को विवेकमाथि विश्वास छ,हुन्न भन्ने पक्षमा त माननीयले कसरी मत हाल्न सक्नहुन्छ?

संसदमा प्रधानमन्त्रीले भने, ‘मलाई संसद्को विवेकमाथि विश्वास छ,हुन्न भन्ने पक्षमा त माननीयले कसरी मत हाल्न सक्नहुन्छ?

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारलाई संसद्को विश्वास रहेको जिकिर गरेका छन्। प्रतिनिधि सभा मार्फत विश्वासको मत लिने क्रममा संसदमा बोल्दै उनले यस्तो बताएका हुन।

उनले सरकारले गरेका विभिन्न कामका आधारमा पनि सरकारमाथि अविश्वास गर्नुपर्ने कारण नरहेकाले संसद्ले आफूलाई विश्वासको मत दिने विश्वास व्यक्त गरेका हुन। 

उनले आफूलाई यही सदनले निर्वाचित गरेको र यही सदनको बलले प्रधानमन्त्रीको हैसियतमा उभिएको भन्दै सदनको विवेकमाथि पूर्ण रूपमा विश्वास गर्ने बताएका हुन।  ‘मलाई यहि सदनले निर्वाचित गरेको हो। यही सदनको बलले म प्रधानमन्त्रीको हैसियतमा उभिएको छु। मलाई सदनको विवेकमाथि म पूर्ण विश्वास छ ।’ उनले भने।  

उनले पार्टी अलग भइसक्दा पनि विश्वास छैन भन्दा पनि विश्वास फिर्ता नलिएको प्रसङ्ग निकाल्दै आफूलाई कसैले अविश्वास नगरेको जिकिर गरे। ‘मैले विश्वासको मत लिन्छु भनेपछि मात्र उहाँहरूले सरकारमाथिको समर्थन फिर्ता लिनुभयो। कति सशक्त विश्वास रहेछ म माथि। मलाई कसैले अविश्वास गरेन।’उनले भने। प्रधानमन्त्री ओलीले सरकारले गरेका काममा आधारमा पनि सांसदहरूले आफूलाई विश्वासको मत नदिई बस्न नसक्ने दाबी गरे। 

‘सरकारको काम हेरेर पनि हुन्न भन्ने पक्षमा त माननीयले कसरी मत हाल्न सक्नहुन्छ?’ उनले भने,’नेताले यहीँ दिए हुन्छ १०० को उपधारा १ बमोजिम संसद्को विश्वासको मत माग्न चाहन्छु । म माथि सदनको पूर्ण विश्वास छ भन्ने प्रमाणित गरोस् भन्ने चाहन्छु। सर्वसम्मतिले माननीयले विश्वासको मत जाहेर गर्नुहुन्छ भन्ने जाहेर गर्न चाहन्छु।’ 

ओलीले आफ्नो सरकारले पृथकतावादको विचार राख्नेलाई पनि संविधानको मूलधारमा ल्याएको, राजनीतिक माग र आकाङ्क्षा पुरा गर्नका लागि हिंसालाई माध्यम बनाउने समूहलाई मूलधारमा ल्याएको बताए। 

वैशाख २७, २०७८ सोमबार १५:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।