प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने घोषणा गर्दै देउवाले भने: अबको सरकार संविधानको ७६ (२) अनुसार
काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारप्रति विश्वास नभएको भन्दै सबैलाई विपक्षमा मतदान गर्न आग्रह गरेका छन्।
बहुमतको सरकार हुँदाहुँदै प्रधानमन्त्रीले आफ्नै व्यवहारका कारण अहिले विश्वासको मत लिनुपर्ने अवस्थामा पुगेको भन्दै उनलाई विश्वासको मत दिन नसकिने बताए।
उनले प्रधानमन्त्री ओलीले विश्वासको मत पाउन सक्ने अवस्था नभएको भन्दै अबको सरकार नेपालको संविधानको धारा ७६ को उपधारा (२) अनुसार गठन गर्न समेत माग गरे।
वैशाख २७, २०७८ सोमबार १५:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।