प्रधानमन्त्रीलाई देउवाको प्रश्न : अहिले कोरोना सङ्क्रमणबाट मरिरहेका नेपाली हैनन् ?

प्रधानमन्त्रीलाई देउवाको प्रश्न : अहिले कोरोना सङ्क्रमणबाट मरिरहेका नेपाली हैनन् ?

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणमा सरकार असफल भएको भन्दै तीव्र आलोचना गरेका छन्।

संसद्मा बोल्दै उनले कोरोना सङ्क्रमण बढिरहेको बेला प्रधानमन्त्री ओली बन्न बाँकी भएको धरहरा उद्घाटन गर्न गएर गैर जिम्मेवार व्यवहार गरेको भन्दै आलोचना गरे।

प्रधानमन्त्री ओलीले कोरोनाको कारण कुनै नेपालीले ज्यान गुमाउनु नपर्ने भनेर भनेको स्मरण गराउँदै उनले सोधे ' अहिले कोरोना सङ्क्रमणबाट मरिरहेकाहरू नेपाली हैनन्?'

उनले सरकार कोरोना नियन्त्रणमा सक्रिय हुनुपर्ने बेलामा निश्चित व्यापारी पोस्न कोरोना विरुद्धको खोप खरिदमा पनि कमिसनको खेल हुनु र सो खेलका कारण खोप रोकिनु मानवीयता विरोधी काम भएको बताए। उनले सरकार सबै कोणबाट असफल भएको बताएका थिए। 

 

वैशाख २७, २०७८ सोमबार १४:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।