विश्वासको मत पाउँदिन भन्ने जान्दाजान्दै मत माग्नुभयो : देउवा
काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आफ्नो दलको विश्वास नभएको बताएका छन्।
देउवाको सम्बोधन अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दै विश्वासको मत मागेका थिए। संसद्मा सुरु भएको छलफलमा भाग लिँदै देउवाले सम्बोधनको प्रारम्भमै भने' विश्वासको मत पाउँदिन भन्ने जान्दा जान्दै मत माग्नुभयो।'
देउवाले देश अप्ठ्यारो अवस्थामा पुगेको भन्दै अहिले सङ्घीयता र लोकतन्त्र दुवै सङ्कटमा परेको भन्दै प्रश्न गरे ' लोकतन्त्र कसका कारण असुरक्षित भयो?'
देउवाले अरूमाथि दोष थुपारेर प्रधानमन्त्री भाग्न खोजेको भन्दै भने 'यो सरकार पूर्ण असफल भएको छ।'
वैशाख २७, २०७८ सोमबार १४:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।