संसद्को तीन वटा लबीमा मतदानको व्यवस्था
काठमाडौँ : प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि सम्पूर्ण तयारी पुरा भएको संसद् सचिवालयले जनाएको छ। तीन वटा लबीमा मतदानको व्यवस्था गरिएको छ।
हुन्छ, हुन्न र मत दिन्न गरी तीन स्थानमा मतदान गर्न सकिने व्यवस्था गरिएको सचिवालयले जनाएको छ। कोरोना सङ्क्रमित सदस्यहरूका लागि ल्होत्से हलमा मतदानको व्यवस्था गरिएको छ।
अहिले संसद् बैठकमा प्रधानमन्त्री ओलीले बोलिरहेका छन्। यसपछि दलका शीर्ष नेताहरूले छोटो बोल्ने कार्यसूची रहेको छ। त्यसपछि प्रधानमन्त्रीले जवाफ दिने र त्यसपछि मत विभाजनको प्रक्रिया सुरु हुने सचिवालयले जनाएको छ।
वैशाख २७, २०७८ सोमबार १४:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।