प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि के गर्ने भन्नेबारे देउवा–प्रचण्ड छलफल  

प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि के गर्ने भन्नेबारे देउवा–प्रचण्ड छलफल  

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच  प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुअघि भेटवार्ता भएको छ। 

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडका अनुसार भेटमा  दुई नेताबिच प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा विश्वासको मत नपाएको अवस्थामा के गर्ने भन्ने विषयमा छलफल भएको हो। 

सचेतक खाँडले प्रधानमन्त्रीले संसदमा विश्वासको मत नपाएपछि राष्ट्रपतिले बहुमतको सरकार गठनका लागि आह्वान गर्नुपर्ने भएकाले यसबारे छलफल गरिएको बताए।

वैशाख २७, २०७८ सोमबार १४:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।