संसद्मा प्रधानमन्त्री : खोप खरिदमा हिलो छ्याप्ने काम भयो
काठमाडौँ : प्रतिनिधिसभाको बैठक सुरु भएको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रक्रिया सुरु भएको छ। अहिले प्रधानमन्त्री ओलीले बैठकमा सरकारलाई सहयोग गर्न आग्रह गरेका छन्।
उनले कोरोना नियन्त्रणको अभियानमा सबैको ध्यान केन्द्रित हुन नसकेको बताए। सरकार कोरोना नियन्त्रणमा लागे पनि अनेक अप्ठ्यारोको सामना गर्नुपर्ने ओलीको भनाई छ।
उनले कोरोनाविरुद्धको भ्याक्सिन खरिदमा भ्रष्टाचार भएको भनेर उछाल्ने काम भएको उनले दाबी गरे। उनले सरकारको ध्यान कोरोना नियन्त्रणमा केन्द्रित भएको दाबी गर्दै प्रधानमन्त्री ओलीले महामारीको सङ्कटका बेला भ्रष्टाचार गर्नेलाई छानबिन गरेर दोषी पाइए कारबाही हुने बताए।
वर्तमान सरकारलाई कुनै हिसाबले विश्वास गर्नु नपर्ने कारण नभएको प्रधानमन्त्री ओलीले बताए।
वैशाख २७, २०७८ सोमबार १४:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।