कोरोनाकालमा अस्पतालको लुट :  निजी अस्पतालको शुल्क अनुगमन गर्न समिति गठन

कोरोनाकालमा अस्पतालको लुट :  निजी अस्पतालको शुल्क अनुगमन गर्न समिति गठन

काठमाडौँ : काठमाडौँका निजी अस्पतालले कोरोना सङ्क्रमितको उपचारमा अत्यधिक महँगो शुल्क लिएको गुनासो आएपछि काठमाडौँ जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले अनुगमन समिति गठन गरेको छ।

आज बसेको बैठकले सम्बन्धित  जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा सम्बद्ध निकायका पदाधिकारी रहने गरी अनुगमन समिति गठन गर्ने निर्णय गरेको हो। 

पछिल्लो समय काठमाडौँका ह्याम्स, नर्भिक, काठमाडौँ मेडिकल कलेज लगायतका विभिन्न निजी अस्पतालले कोरोना सङ्क्रमितसँग चर्को शुल्क असुलेको सार्वजनिक भएको थियो। उनीहरूले सङ्क्रमणमा परेकाहरूलाई कतै उजुरउजुर गर्ने छैन भन्दै प्रतिदिन न्यूनतम १५ हजारदेखि ५० हजारसम्म बेड शुल्क मात्र लिने गरेको खुलेको थियो।

यस विषयमा  जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेपछि प्रशासनले ह्याम्सलाई प्रस्टीकरण सोधे पनि अस्पताल प्रशासनले उत्तर दिएको छैन।

 

वैशाख २७, २०७८ सोमबार १३:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।