संसद् बैठक १५ मिनेटका लागि स्थगित
काठमाडौँ : प्रतिनिधिसभाको विशेष अधिवेशन १५ मिनेटका लागि स्थगित भएको छ।
अधिवेशनको पहिलो बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको पत्र वाचन गरेका थिए। पहिलो चरणमा सुरु भएको बैठक १५ मिनेटका लागि स्थगित भएको हो।
बैठकमा सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालनका लागि ७ सांसदको नाम मनोनयन गरिएको छ। प्रतिनिधिसभाको विशेष अधिवेशनको पहिलो बैठकमा सभामुख सापकोटाले बैठकको अध्यक्षता गर्नका लागि मनोनयन हुनेहरूमा डिला सङ्ग्रौला पन्त, मान बहादुर विश्वकर्मा,राधाकुमारी ज्ञवाली,रेखा शर्मा, रेणुकुमारी यादव,लालबाबु पण्डित सोमप्रसाद पाण्डेको नाम मनोनयन गरेका हुन्।
उनीहरूलाई प्रतिनिधिसभा नियमावली २०७५ को नियम १० को उपनियम १ बमोजिम सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालनको अधिकार रहने सभामुख सापकोटाले सांसदलाई जानकारी गराएका हुन।
दोस्रो बैठकमा प्रधानमन्त्री केपी ओलीले सरकारमाथि विश्वासको मत लिने कार्यसूची रहेको छ।
वैशाख २७, २०७८ सोमबार १३:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।