संसद् प्रवेश गर्न पिसिआर रिपोर्ट अनिवार्य, सभामुखले निरीक्षण गरे
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीमाथि संसद्को विश्वास छ छैन भनेर परीक्षण गर्न डाँकिएको विशेष अधिवेशनमा सहभागी हुन सांसदहरू आउने क्रम सुरु भएको छ।
कोरोना सङ्क्रमणको गति उच्च भइरहेको बेला राखिएको अधिवेशनमा सहभागी हुन कोरोना परीक्षण रिपोर्ट अनिवार्य गरेको छ। सामाजिक दुरी कायम गराउन यो पटक सांसदहरूलाई दर्शक ग्यालरीमा समेत राखिँदै छ। सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएकाले यो अधिवेशनबाट माओवादी केन्द्र विपक्षको सिटमा बस्दैछ।
अधिवेशनमा सहभागी हुन सांसदहरू आउने क्रम सुरु हुनुभन्दा अगाडि सभामुख अग्नि सापकोटाले संसद् सचिवालयले गरेको तयारीको अवलोकन गरेका थिए। उनले सांसदहरूको प्रवेशको व्यवस्था, कोरोना रिपोर्ट हेर्ने स्थल, अधिवेशन स्थलको तयारी लगायतको निरीक्षण गरेका थिए।
वैशाख २७, २०७८ सोमबार १३:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।