नेपाल पक्षले प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा भोट हाल्दा चकित पर्नुहुन्छ : मुख्य सचेतक भट्टराई
काठमाडौँ : नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने दाबी गरेका छन्। उनले नेपाल पक्षको पछिल्लो निर्णयबारे अनविज्ञता प्रकट गर्दे यस्तो बताएका हुन।
‘खै त्यस्तो निर्णय बाहिर देखिएको छैन। अहिले नै कसरी भन्न सकिन्छ विश्वासको मत दिँदैनन् भनेर?,’उनले प्रश्न गरे,‘ हिजो बेलुका ११ बजेसम्म राजीनामा दिने भन्ने थियो। अहिले दिए त? अहिले विश्वासको मत नदिने भन्ने छ। एक छिनमा आएर दिए भने के हुन्छ?’
उनले नेपाल पक्षबाट ह्विप उल्लङ्घनको सम्भावना नै नरहेकाले उल्लङ्घन गरे के हुन्छ भन्ने विषयमा बोल्न हतारो हुने जिकिर गरे।
‘ह्विप उल्लङ्घनको सम्भावना नै छैन। त्यस कारण यसमा हतार नगरौँ,’उनले भने,‘ह्विप उल्लङ्घनको सम्भावना नै छैन। अहिले आएर उहाँहरूले प्रधानमन्त्री ओलीको पक्षमा भोट हाल्दा तपाईँहरू चकित पर्नुहुन्छ।’ प्रमुख सचेतक भट्टराई भन्छन्।
वैशाख २७, २०७८ सोमबार १२:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।