लक्षण भएका र कन्ट्याक्ट ट्रेसिङमा परेकाको कोरोना परीक्षण नि:शुल्क

लक्षण भएका र कन्ट्याक्ट ट्रेसिङमा परेकाको कोरोना परीक्षण नि:शुल्क

काठमाडौं : कोरोना भाइरसको लक्षण भएका बिरामी र कन्ट्याक्ट ट्रेसिङमा परेर परीक्षणका लागि पठाइएका व्यक्तिको सरकारी प्रयोगशालामा नि:शुल्क कोरोना परीक्षण (पिसिआर टेष्ट) हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आइतबार प्रेस ब्रिफिङ्ग र्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भनेका छन्, ‘हालको संक्रमणलाई मध्यनजर गर्दै सरकारी प्रयोगशालाहरुमा लक्षण भएका बिरामीहरु, कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको कोभिड-१९ परीक्षण नि:शुल्क हुने व्यवस्था छ।’

सबै जिल्ला स्वास्थ्य कार्यालय, प्रदेश, पालिकामा हुने मन्त्रालयले जनाएको छ। मन्त्रालयले लक्षण भएका र कन्ट्याक्ट  ट्रेसिङमा परेका व्यक्तिको नि:शुल्क नमुना परीक्षण गर्ने व्यवस्थापन मिलाएको गौतमले बताएका छन्।

वैशाख २७, २०७८ सोमबार १२:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।