नेपाल पक्षसँग थप छलफलबारे केही सोचिएको छैन : नेम्वाङ

नेपाल पक्षसँग थप छलफलबारे केही सोचिएको छैन : नेम्वाङ

काठमाडौँ : नेकपा एमालेका नेता सुवास नेम्वाङले माधव नेपाल पक्षसँग आज थप छलफल गर्नेबारे कुनै तयारी नभएको बताएका छन्।

उनले हिजो नेपाल पक्षका नेताहरूसँग भेट गरी आफूहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलको विषयलाई नकारात्मक असर पर्ने काम नगर्न सुझाएको बताए।   

‘अव आज उहाँहरू (नेपाल पक्ष) को त के हुन्छ थाहा भएन। प्रधानमन्त्रीको त विश्वासको मत लिने कार्यक्रम नै छ,’उनले भने,‘हामीले प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबिच भएको छलफल अनुसार सबै कुरा खुलस्त राखेका हौँ। यसबिचमा नकारात्मक असर पर्ने कुनै पनि  काम नगरौँ भनेर हामीले भनेका हौँ। ठिक छ भन्ने भयो। अनि हामी फर्कियौँ। भएको त्यति हो।’

उनले आज छलफल हुने भनिए पनि त्यसबारे कुनै तयारी नरहेको बताए। ‘अझै आज पनि छलफल हुने भन्ने थियो। त्यसपछाडि कुरा भएको छैन । चर्चा त विभिन्न खाले निर्णय भए रे भन्ने छ। त्यसमा अहिले मेरो टिप्पणी छैन।’ नेपाल पक्षको पछिल्लो निर्णयपछि उनले उकेरासँग भने।

वैशाख २७, २०७८ सोमबार १२:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।