एमालेको नेपाल-खनाल पक्षका सांसदको निर्णय : तत्काल राजीनामा नदिने, ससद बैठकमा नजाने

एमालेको नेपाल-खनाल पक्षका सांसदको निर्णय : तत्काल राजीनामा नदिने, ससद बैठकमा नजाने

सिंहदरबारमा बसेको बैठकले आजको प्रतिनिधिसभा बैठकमा उपस्थित नहुने र तत्काल राजीनामा पनि नदिने निर्णय भएको नेपाल-खनाल पक्षका सांसद सोमप्रसाद पाण्डेले जानकारी दिए। 

‘पार्टी एकताका लागि वार्ताको ढोका खुल्ला राख्न तत्काल राजीनामा नदिने छलफल भयो,’ सांसद पाण्डेले भने, ‘आजको प्रतिनिधिसभा बैठकमा भने हामी उपस्थिति हुँदैनौ।'

प्रतिनिधिसभाको दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री एवं एमाले पार्टी अध्यक्ष ओलीले विश्वासको मत लिँदै छन्। एमाले संसदीय दलले विश्वासको मतको पक्षमा मतदान गर्न पार्टीका सांसदहरूलाई ह्विप जारी गरिसकेको छ।

सांसद पाण्डेले ह्विप जारी गरे पनि आजको बैठकमा उपस्थित नहुने बताए। 

वैशाख २७, २०७८ सोमबार ११:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।