गण्डकी प्रदेश सभाको अधिवेशन आजदेखि अन्त्य 

गण्डकी प्रदेश सभाको अधिवेशन आजदेखि अन्त्य 

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध पेस भएको अविश्वासको प्रस्तावमा छलफल गर्न आज प्रदेश सभाको बैठक बस्ने कार्यसूची थियो। तर, मुख्यमन्त्री गुरुङले राजीनामा दिइसकेकाले बैठक नै अन्त्य भएको पत्र आएको प्रदेश सभा सचिवालयले जनाएको छ। 

मुख्यमन्त्री गुरुङले हिजो पदबाट राजीनामा दिएका थिए। उनले दिएको राजीनामा स्वीकृत गरी प्रदेश प्रमुख सीताकुमारी पौडेलले तीन दिनभित्र नयाँ सरकार गठन गर्न आव्हान गरिसकेकी छन्। 

 

वैशाख २७, २०७८ सोमबार १०:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।