संसद्को विशेष अधिवेशन : ४० जना सांसद दर्शकदिर्घामा, तीन ठाउँमा मत दिने व्यवस्था   

संसद्को विशेष अधिवेशन : ४० जना सांसद दर्शकदिर्घामा, तीन ठाउँमा मत दिने व्यवस्था   

त्यसपछि बस्ने दोस्रो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत माग्ने प्रस्ताव गर्नेछन्। ओलीको प्रस्तावमा दलीय आधारमा दलका शीर्ष नेताहरूलाई बोल्न समय दिइनेछ। 

विश्वासको मत दिन तीन वटा ठाउँको व्यवस्था गरेको सचिवालयले जनाएको छ। कोरोना सङ्क्रमित सांसदलाई छुट्टै, कोरोना परीक्षण नगराएका सांसदलाई छुट्टै र परीक्षण गराएर नेगेटिभ रिपोर्ट आएका सांसदले छुट्टै गरेर तीन ठाउँमा मतदान गर्नेछन्। उनीहरूले तीन ठाउँमा राखिएको दस्तखत नमुना मध्ये एक ठाउँमा गएर मत दिनेछन्। 

संसद् सचिवालयले कोरोना सङ्क्रमणका कारण स्वास्थ्य प्रोटोकललाई ध्यान दिएर दुई सिट छोडेर सांसदलाई बस्ने व्यवस्था गरेको छ।

सभामुख बस्ने बैठक कक्षमा सबै सांसदलाई सिट व्यवस्थापन नहुने भन्दै सचिवालयले काँग्रेसका १८ जना र नेकपा एमालेका २२ जना सांसदलाई दर्शकदिर्घामा सिट व्यवस्थापन गरेको सचिवालयले जनाएको छ।

'कोरोना सङ्क्रमित सांसद बैठक कक्षमा जान नपाउने भएकाले दर्शकदिर्घामा बस्नु नपर्ने पनि हुनसक्छ,’ संसद् सचिवालयका कर्मचारीले भने,‘तर, बढी सांसद हुने एमालेका २२ र काँग्रेसका १८ गरी ४० जनालाई दर्शकदिर्घामा बस्ने गरी सिट व्यवस्थापन गरेका छौ।’ आजको बैठकका लागि दर्शक पास पनि जारी नगरिने सचिवालयले जनाएको छ। 

वैशाख २७, २०७८ सोमबार ०८:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।