स्वास्थ्य मापदण्ड उलङ्घन गर्ने ९ सय ७ जना प्रहरी कारबाहीमा
प्रहरीले सोमबार मास्क नलगाई हिँड्ने १३ हजार ६ सय १२ जनालाई होल्डिङ सेन्टरमा राखेको छ। उनीहरूलाई सम्झाएर छाडेको नेपाल प्रहरीले जानकारी दिएको छ।
कोभिड-१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि प्रहरीद्वारा सञ्चालित तपाईँको मास्क खोइ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा २३ हजार ४ सय ३७ जनालाई नि:शुल्क मास्क वितरण गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
वैशाख २०, २०७८ सोमबार २०:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।