एमालेबाट राजीनामा दिएका पाण्डे कांग्रेस प्रवेश, राष्ट्रिय सभाको उम्मेदवार बनाइने
नेपाली काङ्ग्रेसका लुम्बिनी प्रदेश संसदीय दलका नेता वीरेन्द्र कनौडियाले पाण्डे काङ्ग्रेसमा प्रवेश गरेको जानकारी दिए।
काङ्ग्रेसमा आएसँगै उनी लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा गठबन्धनका उम्मेदवार हुने भएका छन्।
जेठमा हुने निर्वाचनमा चन्द्रबहादुर खड्काको स्थानमा साझा उम्मेद्वार बन्ने कनौडियाले बताए। उनी काङ्ग्रेसबाट उठे पनि माओवादी, जसपा र जनमोर्चाले सहयोग गर्ने छन्।
वैशाख २०, २०७८ सोमबार १९:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।