नियुक्ति लगत्तै गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखको शपथ 

नियुक्ति लगत्तै गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखको शपथ 

राष्ट्रपति भण्डारीसमक्ष नेपालको संविधानको धारा १६७ बमोजिम पौडेल र यादवले प्रदेश प्रमुख पदको पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन्।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तलाई पदमुक्त गरेर पौडेल र यादवलाई नियुक्ति गरेकी हुन्।

नेकपा माओवादी केन्द्र निकट शेरचन र पन्त सरकारको सिफारिसमा पदमुक्त भएका हुन्। 

वैशाख २०, २०७८ सोमबार १८:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।