आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गर्ने सरकारको  निर्णय

आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गर्ने सरकारको  निर्णय

काठमाडौँ : सरकारले वैशाख २० गतेबाट आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको छ। विदेशी नागरिकको हकमा स्थलमार्ग समेत बन्द गरेको छ।

 

‌प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्दै कोरोना सङ्क्रमणका कारण कसैको ज्यान नजाओस् भन्नेमा सरकार सचेत रहेको दाबी गर्दै सो जानकारी  दिएका हुन्।

प्रधानमन्त्री ओलीले वैशाख २३ बाट वैशाख मसान्तसम्म अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय भएको जानकारी  दिए। २३ गते बेलुका १२ वजेबाट सबै अन्तराष्ट्रिय उडान बन्द हुनेछ।

यसैगरी बैशाख २० गते राती १२ वजेबाट आन्तरिक उडान समेत स्थगित गरिएको छ। चार्टर्ड र उद्धार उडान सञ्चालन हुने तर अनिबार्य स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने निर्णय समेत सरकारले गरेको छ।

उनले सङ्क्रमितको उपचारका लागि नेपाली सेनालाई हजार शैयाकाे अस्पताल तत्काल निर्माण गर्न निर्देशन दिएको जानकारी दिए। उनले मिलिटरी अस्पताल, वीर अस्पताललाई कोभिड अस्पतालको रूपमा प्रयोग गर्ने जानकारी दिए। उनले खोपको समन्वय परराष्ट्र मन्त्रालयले गर्ने बताए।

वैशाख २०, २०७८ सोमबार १६:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।