निषेधाज्ञा उल्लङ्घन गर्ने २६८६ जना होल्डमा
काठमाडौँ : काठमाडौँ उपत्यकामा निषेधाज्ञा उल्लङ्घन गर्ने २६८६ जनालाई प्रहरीले होल्ड गरेको छ।
बिहान ६ बजेदेखि १० बजेसम्म सडकमा निस्केका २६८६ जनालाई होल्ड गरेको प्रहरीले जनाएको छ। काठमाडौँ १३३६, भक्तपुरबाट १८१ र ललितपुर ११६९ जना प्रहरीको होल्डमा परेका हुन्।
उनीहरूलाई आधा घण्टा होल्ड गरेर छाडिएको प्रहरीले जनाएको छ।
यस्तै उपत्यकाका तीन जिल्लाबाट ७६४ वटा साना ठुला सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ती सवारी साधन बेलुका ६ बजेपछि मात्रै फिर्ता गरिने प्रहरीले बताएको छ।
वैशाख २०, २०७८ सोमबार १२:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।