सरकारले कोरोना नियन्त्रणमा अन्तर्राष्ट्रिय सहयोगको आव्हान गर्ने
प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो १ बजे कोरोना महामारी नियन्त्रणमा सहयोग गर्न सहयोगको आव्हान गर्ने सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए।
कोरोना भाइरसको नयाँ भेरियन्ट फैलिएसँगै सङ्क्रमितको सङ्ख्या बढिरहेको छ। सरकारले उपचार, रोकथाम र नियन्त्रणमा सहयोग गर्न अन्तर्राष्ट्रिय सहयोगको आव्हान गर्न लागेको प्रवक्ता गुरुङले बताए। कोरोना खोप लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराउन सरकारले आव्हान गर्नेछ।
वैशाख २०, २०७८ सोमबार ०९:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।