यति एयरलाइन्सको आजको उडान यथावत् 

यति एयरलाइन्सको आजको उडान यथावत् 

यस अघि नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालकहरूबिचको छलफल पश्चात् उडान सुरक्षा र स्वास्थ्य मापदण्ड पालना गर्ने गरी प्रत्येक २० मिनेटमा एउटा उडानको कोटा तय गर्दा यतीले १० वटा उडान गर्ने कोटा पाएको थियो।

सरकारले राति १२ बजे पश्चात् आन्तरिक उडान बन्द गर्ने निर्णय गरेपछि यात्रुहरूको सुविधालाई ध्यानमा राखी आज निर्धारित सम्पूर्ण उडान तालिका यथावत् रहेको यती एयरलाइन्सले जनाएको छ। 

यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार भोलिदेखि सम्पूर्ण उडानहरू बन्द हुनेभएपछि यात्रुहरूबाट आज उडान भर्ने माग बढेकोले यात्रुहरूको सुविधालाई मध्यनजर गर्दै उडान सुरक्षा र स्वास्थ्य मापदण्ड अनुसार  सम्पूर्ण उडानहरू यथावत् गरेको हो। कोटा प्रणालीअनुसारको उडान तालिकामा कतिपय गन्तव्यका उडानहरू बन्द गर्नुपरेको भन्दै बर्तौलाले आज सम्पूर्ण उडान यथावत् रहने जानकारी दिए। 

वैशाख २०, २०७८ सोमबार ०८:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।