गङ्गालाल अस्पतालमा दैनिक १३५ सिलिन्डर अक्सिजन उत्पादन हुने
मुटुको समस्या भएर गङ्गालाल हृदय केन्द्रमा उपचार गर्न आउने बिरामीलाई निःशुल्क अक्सिजन उपलब्ध गराउन महानगरले प्लान्ट स्थापना गरिदिएको बताएको छ। यसका लागि महानगर र केन्द्रबिच २०७६ माघ १५ गते सहिद सप्ताहको कार्यक्रम पारेर सहमति पत्रमा हस्ताक्षर भएको थियो।
केन्द्रको २४ औँ स्थापना दिवस तथा सहिद सप्ताहको कार्यक्रम पारेर महानगरका प्रमुख विद्यासुन्दर शाक्य र केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेल र प्रदेश सभा सदस्य दीपक निरौलाको रोहबरमा सहमति पत्रमा हस्ताक्षर गरेका थिए।
प्लान्टले दैनिक ४७ लिटरका १३५ सिलिन्डर अक्सिजन उत्पादन गर्ने छ। यसमध्ये गङ्गालालमा दैनिक करिब ९० सिलिन्डर अक्सिजन खपत हुन्छ भने बाँकी अक्सिजन भरेर अन्यत्र पठाउन सकिन्छ। यो (अक्सिजन भर्ने) प्रणाली भने जडान हुन बाँकी छ।
वैशाख १९, २०७८ आइतबार २१:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।