भट्टराईको शल्यक्रिया सफल, अहिले आइसियुमा
चिकित्सकका अनुसार शुक्रबार वीर अस्पतालमा भट्टराईको पेटको सानो आन्द्रामा भएको पहिलो भागको ट्युमरको शल्यक्रिया गरिएको हो।
शल्यक्रियापछि उनलाई अहिले आइसियुमा राखिएको वीर अस्पताल ग्यास्ट्रो सर्जरी विभागका ग्यास्ट्रो सर्जन प्रा. डा. सुबोध अधिकारीले जानकारी दिए। डा. अधिकारीले भने, ‘भट्टराईजीको शल्यक्रिया सकियो। राम्रो भयो। आइसियुमा राखेका छौं।’
उनको क्रिटिकल अवस्था नभई शल्यक्रियापछि राम्रो हेरचाह होस् भनेर आइसियुमा राखिएको डा. अधिकारीले बताए। शल्यक्रियापछि उनी होसमा आएको डा. अधिकारीले जानकारी दिए। तर, नदुखोस् भन्नका लागि लठ्याउने औषधि चलाइएको उनले बताए। डा. अधिकारीले भने, ‘होसमा आइसक्नु भयो। अहिले उहाँलाई नदुखोस भनेर लठ्याएर राखेको छ।’
बिहान १० बजेदेखि थालिएको शल्यक्रिया करिव ४ घण्टा लागेको अधिकारीले बताए।
वीर अस्पतालको ग्यास्ट्रो सर्जरी विभाग टिमको नेतृत्वमा उनको शल्यक्रिया भएको हो। जसको नेतृत्व डा. अधिकारीले गरेका थिए।
वैशाख १७, २०७८ शुक्रबार १७:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।