कोरोनाले थप ३३ जनाको मृत्यु, ५७२७ संक्रमित

कोरोनाले थप ३३ जनाको मृत्यु, ५७२७ संक्रमित

योसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार २ सय ७९ पुगेको छ। 

पछिल्लो २४ घण्टामा ५ हजार ७ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उक्त अवधिमा १५ हजार ९ सय १६ नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। देशभर ३८ हजार ८ सय १३ जना सक्रिय संक्रमित छन्। 

यस्तै, २ लाख ८१ हजार ९५ कोरोना संक्रमित निको भएर फर्किएका छन्। नेपालमा संक्रमण मुक्त हुनेको दर ८६.९८ प्रतिशत छ भने मृत्युदर १.०१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। 

वैशाख १७, २०७८ शुक्रबार १७:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।