सरकार संवेदनशील नहुँदा कोरोना भयावह : देउवा

सरकार संवेदनशील नहुँदा कोरोना भयावह : देउवा

‘सरकारको चरम लापरबाही, असंवेदनशीलता र अर्कमाण्यताका कारण मुलुकमा यस्तो अवस्था आयो,’ उनले भने, ‘ यो सरकारले न विगतको पाठबाट सिक्छ न विशेषज्ञको कुरा सुन्छ।’

कोरोना संक्रमणका सम्बन्धमा कांग्रेसको धारणा सार्वजनिक गर्न आफ्नै निवास बुढानीलकण्ठमा भएको पत्रकार सम्मेलनमा देउवाले निषेधाज्ञाको समयमा सरकारले पिसिआर परिक्षण नगरी लाखौँ मानिसलाई उपत्यकाबाट पठाउँदा कम संक्रमित जिल्लामा संक्रमण फैलने सम्भावना रहेको भन्दै चिन्ता व्यक्त गरे।

अर्को प्रसंगमा देउवाले वैकल्पिक सरकार बन्ने सम्भावना नरहेको बताए। 'माओवादी केन्द्रको मात्रै समर्थनमा कांग्रेसले सरकार बनाउन सक्ने अंक पुग्दैन देउवाले भने', जसपा अहिलेसम्म नयाँ सरकार बनाऔं भनेर आएको छैन।'

पत्रकारको प्रश्नमा देउवाले बहुमत नपुगेसम्म अविश्वासको प्रस्ताव नआउने बताए। 'अविश्वासको प्रस्ताव फेल भयो भने दुई वर्ष ल्याउन पाइँदैन' उनले भने, जसपा नआाएसम्म अविश्वासको प्रस्ताव टेबुल हुँदैन।

वैशाख १७, २०७८ शुक्रबार १५:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।