कञ्चनपुरमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

कञ्चनपुरमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिका–१८ का ४० वर्षीय पुरुष र शुक्लाफाँटा नगरपालिकाकी ५० वर्षीया महिलाको  मृत्यु भएको अस्पतालका कोभिड सम्पर्क व्यक्ति डा. गोविन्द रोकायाले जानकारी दिए।
 
४० वर्षीय पुरुष बिहीबारै अस्पताल भर्ना भएका थिए। महिला केही दिनदेखि होम आइसोलेसनमा थिइन्। श्वासप्रश्वासको समस्याले उनीहरूको बिहीबार राति मृत्यु भएको रोकायाले बताए।

वैशाख १७, २०७८ शुक्रबार १४:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।