निषेधाज्ञामै देउवा निवासमा पत्रकार सम्मेलन

निषेधाज्ञामै देउवा निवासमा पत्रकार सम्मेलन

आज दिउँसो ३ बजे बुढानीलकण्ठ निवासमा पत्रकार सम्मेलन गरेर देउवाले कोरोना महामारीबारे पार्टीको धारणा सार्वजनिक गर्न लागेका हुन्।

कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले देउवाबाट कोभिड-१९ का सन्दर्भमा आयोजना हुने पत्रकार सम्मेलनमा समाचार सङ्कलन, प्रकाशन एवं प्रसारणार्थ उपस्थितिका लागि निमन्त्रणा गरेका छन्।

अत्यावश्यक बाहेकका काममा रोक लगाए पनि देउवाले निवासमै पत्रकार सम्मेलन गर्न लागेका हुन्।

वैशाख १७, २०७८ शुक्रबार १३:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।