कैलालीमा एकै दिन पाँच जना कोरोना संक्रमितको मृत्यु
धनगढीस्थित सेती प्रादेशिक अस्पतालका अनुसार धनगढी उपमहानगरपालिका–३ की ४५ वर्षीया महिला, उपमहानगरपालिको वडा नम्बर ४ का ४० वर्षीय पुरुषको मृत्यु भएको हो।
यस्तै, लम्कीचुहा नगरपालिका–२ का ३३ वर्षीय पुरुष, घोडाघोडी नगरपालिका–१० का ६० वर्षीय पुरुष र सोही नगरपालिकाको वडा नम्बर १२ का २८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको अस्पतालले जनाएको छ।
पछिल्लो २४ घण्टामा २ सय ७८ जनाको कोरोना परीक्षण गर्दा १ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिए।
वैशाख १६, २०७८ बिहीबार १७:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।