हवाई यात्रुलाई ट्याक्सी ‘अन कल’ सेवा
काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै हवाई यात्रा गर्ने यात्रुहरूले ट्याक्सी ‘अन कल’ सेवा उपयोग गर्न पाउने भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले निषेधाज्ञाका समयमा यात्रुका लागि यस्तो सेवा उपलब्ध हुने जानकारी दिएको हो।
सरकारले उपत्यका सहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेको छ। तर, हवाई उडानलाई भने सञ्चालनमा नै राख्ने निर्णय गरेको छ। कार्यालयले निषेधाज्ञाको समयमा विमानस्थल आउजाउका लागि सहज बनाउन यस्तो व्यवस्था गरिएको सूचना निकालेर जानकारी गराएको हो।
विमानस्थल कार्यालयले यात्रुहरूलाई वैधानिक हवाई टिकट,पासपोर्ट तथा भिसाका आधारमा विमानस्थल आवतजावतको अनुमति दिइने जनाएको छ।
यस क्रममा विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिई. को व्यवस्थापनमा सञ्चालित, हरियो प्लेटको प्रिपेड ट्याक्सीलाई सञ्चालनमा ल्याइएको छ।
ट्याक्सी भित्रनेका लागि विमानस्थलको आगमन पाकिंगबाट र विमानस्थल जानका लागि ‘अन कल’ वेसिसमा उपलब्ध हुने विमानस्थल कार्यालयले जानकारी दिएको छ।
वैशाख १६, २०७८ बिहीबार १६:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।