सीसीएमसीले कोरोनाबारे गुनासो सुन्ने   

सीसीएमसीले कोरोनाबारे गुनासो सुन्ने   

काठमाडौँ : कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोना भाइरस सङ्क्रमणका सम्बन्धमा गुनासो सुन्न र सम्बोधनका लागि संयन्त्र गठन गरेको छ।

सीसीएमसीका संयोजक एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलको निर्देशनमा जन गुनासो सुन्न, उजुरी तथा सुझाव सङ्कलन तथा तत्काल सम्बोधनका लागि संयन्त्र गठन गरिएको पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए।

टोल फ्री नम्बर ११४० मा गुनासो गर्न सकिने र ती गुनासोलाई २४ घण्टाभित्र समाधान गर्ने पाण्डेले बताए।

सीसीएमसीले विदेश जाने र विदेशबाट आउनेहरूले समेत समस्या परेमा सीसीएमसीको वेबसाइटमा गएर फारम भर्न सकिने व्यवस्था गरेको छ। त्यस्तै शव व्यवस्थापनका लागि १०५ र एम्बुलेन्सका लागि १०२ मा सम्पर्क गर्न सीसीएमसीले अनुरोध गरेको छ। 

वैशाख १६, २०७८ बिहीबार १४:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।