पूर्व रानी कोमल आइसियुमा, अक्सिजनको मात्रा कम
काठमाडौँ : नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत पूर्व रानी कोमल शाहलाई आइसियुमा सारिएको छ।
उनको शरीरमा अक्सिजनको मात्रा कम देखिएपछि आइसियुमा सारिएको अस्पतालका कर्पोरेट कम्युनिकेसन एन्ड पिआर डिपार्टमेन्टका प्रमुख सोमनाथ बास्तोलाले जानकारी दिए।
पूर्व रानी कोमललाई श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि आइसियुमा सारिएको हो। अहिले उनलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ। बाँकी स्वास्थ्य समस्या नदेखिएको बास्तोलाले जानकारी दिए।
अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर रहेको छ। अस्पतालका अनुसार ज्ञानेन्द्रलाई पनि हाल अक्सिजनकै सामान्य सपोर्टमा राखिएको छ।
पूर्व राजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य रहेको र उनलाई अक्सिजनको सपोर्ट दिनु नपरेको बास्तोलाले बताए। कोरोना सङ्क्रमणपछि ज्ञानेन्द्र , कोमल र प्रेरणा शाह वैशाख ११ गते नर्भिक अस्पताल भर्ना भएका थिए।
वैशाख १६, २०७८ बिहीबार १४:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।