देशभरको मौसम बदली, अधिकांश ठाउँमा क्षणिक वर्षा 

देशभरको मौसम बदली, अधिकांश ठाउँमा क्षणिक वर्षा 

काठमाडौँ : देश भरको मौसम सामान्यदेखि आंशिक बदली भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। काठमाडौँ सहित देशका विभिन्न ठाउँमा पानी परेको छ। 

मेघ गर्जन सहित काठमाडौँ, आसपासमा जिल्ला र पूर्वी पहाडी जिल्लाका केही ठाउँमा पानी परेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए। 

अर्यालका अनुसार पानी परेसँगै हावा पनि चलेको छ। हावाहुरी सहित चट्याङको सम्भावना रहेकाले बेलुकी पख सतर्क रहन मौसमविद् अर्यालले अनुरोध गरे। पश्चिमी र स्थानीय वायुको प्रभावका कारण मौसम बदली भएको उनले बताए। 

आजदेखि तीन दिनसम्म मौसम बदली हुने र क्षणिक वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। ‘पर्सी सम्म नै मौसम बदली हुने अनुमान गरिएको छ,’उनले भने,‘देशका अधिकांश ठाउँमा क्षणिक वर्षा हुने सम्भावना छ।’ 

वैशाख १६, २०७८ बिहीबार १४:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।