उपत्यकामा जताततै चेकिङ, १५ सय सवारी साधन होल्डमा

उपत्यकामा जताततै चेकिङ, १५ सय सवारी साधन होल्डमा

काठमाडौं : निषेधाज्ञाको पहिलो दिन आज राजधानीका सडकहरुमा जताततै ट्राफिक प्रहरीले चेकिङ गरिरहेको छ।

राजधानीका कालोपुल, सानोगौचरण, कमलपोखरी, पुतलीसडक, मैतिदेवी चोक, रातोपुल  लगायतका क्षेत्रमा ट्राफिकले चेकिङ गरिरहेको छ।

जिल्ला प्रशासन कार्यालयले तोकेको मापदण्डविपरीत सवारीसाधन चलाउने १५ सय वटा सवारीलाई काठमाडौं, भक्तपुर र ललितपुरमा होल्ड गरिएको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीले बताए।

'हामीले तिन जिल्लाबाट अहिलेसम्म १५ सय सवारी साधन रोकेका छौं, जसमा १२ सय मोटरसाइकल र अरु निजी गाडी छन्, अधिकारीले भने, 'होल्ड गरिएका सबै सवारी साधनलाई आज साँझ मात्रै छाडिने छ।' कारबाही भने केही नगरिने उनले बताए।

वैशाख १६, २०७८ बिहीबार १२:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।