सल्यानमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु

सल्यानमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु

सल्यान : सल्यानमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ। जिल्लाको सिद्ध कुमाख गाउँपालिका–२ निवासी ४२ वर्षीय पुरुषको सल्यान जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ।

केही दिन अघि कोरोना पोजेटिभ देखिएका उनी होम आइसोलेसनमा थिए।  श्वास प्रश्वासमा समस्या भएपछि गए राती करिब सवा ८ बजे अस्पताल ल्याइएका उनको अक्सिजन  दिदादिंदै मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले जानकारी दिए।  

यससँगै सल्यानमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २ पुगेको छ। 

वैशाख १६, २०७८ बिहीबार १२:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।