कोरोना भाइरसविरुद्धको खोप लगाउने काम स्थगित

कोरोना भाइरसविरुद्धको खोप लगाउने काम स्थगित

काठमाडौं : सरकारले कोरोना भाइरसविरुद्धको खोप लगाउने काम तत्कालका लागि स्थगित गरेको छ।

कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएको भन्दै निषेधाज्ञा लागू भएकाले तत्कालका लागि खोप लगाउने काम स्थगित गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। 

चीनबाट ल्याइएको कोरोनाविरुद्धको खोप ३ लाख जनाले लगाएका छन्। ‘अहिले तत्कालका लागि चीनबाट ल्याएको खोपको पहिलो मात्रा र भारतबाट ल्याइएको खोपको दोस्रो मात्रा लगाउने काम रोकिएको छ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने,‘खोप लगाउनका लागि हुने भिडभाडका कारण जोखिम हुने भएकाले रोकिएको हो।’

प्रवक्ता गौतमका अनुसार अहिलेसम्म २० लाख जनाले कोरोनाविरुद्धको खोप लगाइसकेका छन्। 

वैशाख १६, २०७८ बिहीबार ०९:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।