काभ्रेपलाञ्चोकमा विवाहमा सहभागी १५ जनालाई कोरोना पुष्टि
काठमाडौं : काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१०, खोपासीमा विवाहमा सहभागी १५ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ।
नगरपालिकाका मेयर भीम न्यौपानेका अनुसार खोपासीमा केही दिनअघि विवाह भएको घरकी महिलालाई कोरोना पुष्टि भएपछि कन्ट्रयाक्ट ट्रेसिङ गरी कोरोना परीक्षण गर्दा थप १४ जनामा कोरोना संक्रमण देखिएको हो।
विवाह भएको घरकी महिला बिरामी भएपछि उनको कोरोना परीक्षण गर्दा संक्रमण देखिएको थियो। त्यसपछि उनको सम्पर्कमा रहेका परिवारका सदस्य र छिमेकी गरी १९ जनाको कोरोना परीक्षण गरिएको थियो।
मेयर न्यौपानेले थप १० जनाको समेत टे«सिङ गर्न लागिएको जानकारी दिए। संक्रमितमध्ये एक जना काठमाडौंस्थित गणेशमान सिंह अस्पतालमा उपचाररत रहेको र अन्यको अवस्था सामान्य रहेको मेयर न्यौपानेले जानकारी दिए।
वैशाख १५, २०७८ बुधबार १९:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।