उपत्यकासहित निषेध आदेश जारी भएका जिल्लामा जानेलाई काभ्रेपलाञ्चोक प्रशासनले सवारी पास नदिने
काठमाडौं : जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकले उपत्यकासहित निषेध आदेश जारी भएका जिल्लामा जाने गन्तव्य हुने गरी सवारी अनुमति (पास) जारी नगर्ने जनाएको छ।
काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी (सिडिओ) शिवराम पोखरेलले आज (बुधबार) सूचना जारी गरी प्रशासन कार्यालयले कुनै पनि किसिमका सवारीका लागि पास जारी नगरिने जनाएका छन्।
उपत्यकालगायत निषेध आदेश जारी भएका जिल्लामा गन्तव्य हुने गरी सवारी अनुमति उपलब्ध नगराउने गृह मन्त्रालयको निर्देशन अनुसार यस्तो निर्णय गरिएको सिडिओ पोखरेलले जानकारी दिए।
कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोक्न उपत्यकाका तीन जिल्लासहित देशभरका केही जिल्लामा भोलिदेखि निषेधाज्ञा लगाइएको छ। केही जिल्लामा भने निषेधाज्ञा जारी छ। काभ्रेपलाञ्चोकमा भने निषेधाज्ञा जारी गरिएको छैन।
वैशाख १५, २०७८ बुधबार १७:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।