२४ घण्टामा ४८९७ जनामा कोरोना पुष्टि, उपत्यकाका २०४७
काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ४ हजार ८ सय ९७ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार उक्त अवधिमा पिसिआर विधिबाट ४ हजार ७ सय ७४ र एन्टिजेन विधिबाट १ सय २३ जनामा कोरोना संक्रमण देखिएको हो।
तीमध्ये उपत्यकामा २ हजार ४७ जनालाई कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ४ सय ६४, ललितपुरमा ३ सय ५१ र भक्तपुरमा २ सय ३२ जना संक्रमित भएका छन्।
पछिल्लो २४ घण्टामा पिसिआर विधिबाट १३ हजार ८ सय ७९ र एन्टिजेन विधिबाट ९ सय ५५ गरी कूल १४ हजार ८ सय ३४ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
पछिल्लो एक दिनमा ७ सय ७३ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। देशभर कोरोना संक्रमितको निको हुने दर ८९.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
देशभर अहिले ९८ जना भेन्टिलेटर र ३ सय १७ जना आइसियुमा उपचाररत रहेको मन्त्रालयका सहप्रवक्ता अधिकारीले जानकारी दिए।
वैशाख १५, २०७८ बुधबार १६:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।