जसपाका १२० नेता तथा कार्यकर्ताको मुद्दा फिर्ता लिने सरकारको निर्णय
काठमाडौं : सरकारले जनता समाजवादी पार्टी (जसपा)का १ सय २० नेता तथा कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता लिने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज (बुधबार) आयोजित पत्रकार सम्मेलनमा उनले जसपाका जसपाका १ सय २० नेता तथा कार्यकर्तामाथि लगाइएका १५ वटा मुद्दा फिर्ता लिने निर्णय गरेको जानकारी दिए।
सरकार र जसपाबीच भएको समझदारी अनुसार मधेस आन्दोलनका क्रममा सरकार वादी भएर चलेका मुद्दा फिर्ता लिने निर्णय गरिएको उनले बताए।
वैशाख १५, २०७८ बुधबार १६:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।