निषेधाज्ञाको नियम : मासु, चल्ला र दाना बोक्ने गाडिमा ब्यानर अनिवार्य
सवारीसाधन आवतजावतमा रोक लगाउँदा चल्ला गाड्नुपर्ने, दानाको अभावमा किसानको खोरमा रहेका कुखुरा मर्ने, औषधी ढुवानीमा अवरोध पुग्दा अर्बको लगानी सङ्कटमा पर्ने भन्दै महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टले पोल्ट्री क्षेत्रका सवारीसाधनको निर्वाह आवतजावतको सुविधाका लागि माग गरेका छन्।
ब्यानर राखेर ओसार-पसार गर्न पाइन्छ
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव तथा प्रवक्ता श्रीराम घिमिरेले पशुजन्य बस्तु ओसार पसार गर्ने सवारी साधनमा ब्यानर राखे अवरोध नहुने जानकारी दिए।
‘पशुजन्य सामाग्री ओसार पसार गर्दा सवारी साधनमा के बोकेको छ, मात्रा कति छ र कुन स्थानसम्म पुर्याउने हो भनेर सवारी साधनको अगाडी ब्यानरमा उल्लेख गर्नु पर्छ’ घिमिरेले भने ‘पशुपन्छी जन्य सामाग्री बोकेको छ र कृषिको सडेर जान सक्ने बस्तु बोकेको छ भने अनिवार्य ब्यानर राख्नु पर्छ।’
वैशाख १४, २०७८ मंगलबार १८:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।