आज थपिए ४५२४ संक्रमित, १८ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा मृत्यु हुने संक्रमितको संख्या ३ हजार १ सय ९४ पुगेको छ।
२४ घन्टायता १५ हजार ६ सय ८१ जनामा परीक्षण गर्दा ४ हजार ५ सय २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। नेपालमा कुल संक्रमित संख्या ३ लाख ७९ हजार २५ पुगेको छ।
नेपालमा कोरोना भाइरस संक्रमणका कारण हुने मृत्युदर १.०४ प्रतिशत रहेको छ। निको हुनेको दर ९०.४५ प्रतिशत रहेको छ भने सक्रिय संक्रमित ८.५२ प्रतिशत छ।
नेपालमा पुरुषमा संक्रमणदर ६४.१८ प्रतिशत र महिला ३५.८२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
वैशाख १४, २०७८ मंगलबार १७:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।