सरकारले पिसिआर परीक्षणको थप शुल्क लिने प्रयोगशालालाई सूचीबाट हटाउने
कोरोना सङ्क्रमण पहिचानका लागि गरिने पिसिआर परीक्षणको शुल्क सरकारी प्रयोगशालाहरूमा १ हजार र निजीमा २ हजार रुपैयाँ शुल्क तोकिएको छ।
मन्त्रालयले केही निजी प्रयोगशालाहरूले संंक्रमण रोकथाम लगायतको नाममा थप शुल्क लिएको गुनासो आएकाले तोकिएको शुल्क भन्दा कुनै पनि बहानामा थप शुल्क नलिन भनेको हो।
मन्त्रालयले विज्ञप्ति निकालेर थप शुल्क लिएको पाइएमा त्यस्ता प्रयोगशालाहरूलाई परीक्षणको सूचीबाट हटाउने चेतावनी दिएको छ।
वैशाख १४, २०७८ मंगलबार १४:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।