बालाजु बाइस धारामा यो वर्ष मेला लागेन
गएको वर्ष पनि कोरोना सङ्क्रमण रोक्न भएको लकडाउनका कारण मेला स्थगन गरिएको थियो। जिल्ला प्रशासन कार्यालय काठमाडौँको निर्देशन अनुसार आजको जात्रा स्थगन गरिएकाले धारामा स्नान गर्न कोही नआएको प्रहरी वृत्त बालाजुले जनाएको छ।
पितृको सद्गतिको कामना गर्दै बौद्ध चैत्यमा दीप प्रज्वलन गरेका तामाङ समुदायका भक्तजनले प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीको बाइस धारामा स्नान गर्न जाने परम्परा छ।
वैशाख १४, २०७८ मंगलबार १४:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।