कतार जाने नेपालसहित ६ देशका नागरिक अनिवार्य क्वारेनटिनमा बस्नु पर्ने 

कतार जाने नेपालसहित ६ देशका नागरिक अनिवार्य क्वारेनटिनमा बस्नु पर्ने 

कतारले आफ्नो देशमा आउने नेपाल सहित ६ देशका नागरिकलाई होटेलमा क्वारेनटिन बस्नुपर्ने व्यवस्था गरेको द पेनुन्सुला कतारले जनाएको छ।

नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का र फिलिपिन्सबाट कतार जानेहरू अनिवार्य क्वारेनटिनमा बस्नुपर्ने छ। यी मुलुकहरूबाट जाने वा यी मुलुकलाई ट्रान्जिट बनाएर जानेहरूका लागि कतार सरकारले यस्तो व्यवस्था गरेको हो। 

कतार जानेहरू यी देशका नागरिकसँग अनिवार्य रूपमा ४८ घण्टाभित्र पिसिआर परीक्षण गराएको नेगेटिभ रिपोर्ट साथमा हुनुपर्नेछ। यसरी आउनेहरूले अनिवार्य रूपमा १० दिन तोकिएका होटेलमा क्वारेनटिनमा बस्नुपर्नेछ। यी देशबाट जाने नागरिकलाई घरमै क्वारेनटिन बस्ने सुविधा नदिइने कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

वैशाख १४, २०७८ मंगलबार १२:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।